एम्बाप्पे र नेयमारबीनाको पीएसजी एमिन्ससँग बराबरीमा रोकियो « Khabarhub

एम्बाप्पे र नेयमारबीनाको पीएसजी एमिन्ससँग बराबरीमा रोकियो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी ) र लिगमा पुछारमा रहेको एमिन्सबीच उच्च प्रतिस्पर्धा भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी र एमिन्सले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।

मुख्य खेलाडी केलियन एम्बाप्पे र नेयमारबिनै मैदान उत्रिएको पीएसजीले रोमाञ्चक खेलमा घरेलु टोलीसंग अंक बाँड्यो । सेहरो गुरासीले पाँचौ मिनेटमा एमिन्सलाई सुरुवाती अग्रता दिलाए । २९ औ मिनेटमा गेल काकुटाले घरेलु टोली एमिन्सको अग्रता दोब्बर बनाए ।

फौसिनी डायबेटले ४५ औ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।  पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीका एन्ड्रे हेरेराले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने संकेत गरे ।

दोस्रो हाफमा नियान्जो कावासीले लगातार दुई गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काएका थिए । ६० औ मिनेटमा पहिलो गोल गरेका उनले ५ मिनेटको अन्तरमा दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

मौरो ईकार्डीले ७४ औ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–३ ले अगाडी बढाएका थिए । तर खेलको अन्तिम मिनेटमा एमिन्सका गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीसंग अंक खोस्न सफल भएका थिए ।

पीएसजीले आगामी मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बोरुसिया डर्टमण्डसंग खेल्न निस्कदैछ । सोही कारण उसले केलियन एम्बाप्पे र नेयमारलाई लिग वानको खेलबाट बाहिर राखेको थियो ।

बराबरीको नतिजासंगै पीएसजीले दोस्रो स्थानको मार्सेलीसंग १३ अंकको स्पष्ट अग्रता कायम राखेको छ । एमिन्स २१ अंक सहित रेलिगेशन जोनमा यथावत छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : २२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन