प्रधानमन्त्री ओली झापामा, प्रचण्ड नेपालगञ्ज « Khabarhub

प्रधानमन्त्री ओली झापामा, प्रचण्ड नेपालगञ्ज


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले आयोजना गरेको सभा उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन ।

भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की लगायतले स्वागत गरेका छन ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका थिए ।

प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि झापा पुगेका छन । प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावा खोलामा बनेको पक्की पुलको उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्नेछन ।

यसलगत्तै उनले बेलडाँगीमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने पत्रकार चेतन अधिकारीले जानकारी दिए ।

प्रचण्ड भने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको संगठन सुदृढीकरण अभियानका कार्यक्रममध्येको एक नेपालगञ्जबाट सुरु भएको अभियानमुखी सभाको उद्घाटनका लागि नेपालगञ्ज पुगेका हुन । प्रचण्डसँगै गृहमन्त्री रामवहादुर थापा पनि सोही सभामा सहभागी भएका छन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : १६ बजे

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन