महराको पक्षमा ३७ जना चर्चित अधिवक्ताको वकालत | Khabarhub Khabarhub

महराको पक्षमा ३७ जना चर्चित अधिवक्ताको वकालत


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आफ्नै कार्यलयकी कर्मचारीलाई यौन दूर्व्यवहार गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको आज अन्तिम सुनुवाई हुँदैछ ।

यसका लागि कहिलिएका ३७ जना बरिष्ठ अधिवक्ताले महराको पक्षमा वकालत गरिरहेका छन ।  महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका छन ।

महरा पक्षका कानुनव्यवसायीको बहस सकिए आजै फैसला हुनसक्ने बताइएको छ । उनले बलात्कार प्रयास गरे या नगरेको फैसला हुनेछ। यदि उनी दोषी ठहरिए जेल सजाय तोक्नेछ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते महाअष्टमीका दिन पक्राउ परेका थिए।

त्यसयता उनी पुर्पक्षका लागि डिल्लीबजार करागारमा छन्।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १ : ३५ बजे

सडकको कालोपत्र र ढलान सुरु

गलकोट– बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढलान

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको

बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यस

प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा उर्लाबारीका किसानले किने हार्भेस्टर मेशिन, धान काट्न सजिलो हुने

उर्लाबारी- कोशी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा मोरङको उर्लाबारी नगरपालिका–९

महानगरभित्र फोहर तथा प्लास्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य