प्रदेश नं. २ नामकरण : सबै दल ‘मधेश प्रदेश’ राख्ने विषयमा सहमति नजिक « Khabarhub

प्रदेश नं. २ नामकरण : सबै दल ‘मधेश प्रदेश’ राख्ने विषयमा सहमति नजिक


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं २ को नामकरणको विषयमा सबै राजनीतिक दल ‘मधेश प्रदेश’ राख्ने विषयमा सहमति नजिक पुगेका छन् ।

गत भदौमा दलहरुले नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा रहेका दलहरु नामको विषयमा ‘मधेश प्रदेश’ राख्ने विषयमा एकमत देखिएका हुन् ।

प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली काँग्रेसले मिथिला भोजपुरा र केहीले मध्यमधेश दर्ता गराएका थिए ।

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटकपटकको छलफलपछि दलहरु मधेश प्रदेश नजिक पुगेका हुन् ।

सबै दलका संसदीय दलका नेता समेतको सहभागितामा आज सम्पन्न समितिको बैठक नामकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकमा सत्तारूढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनुपर्नेमा अडिग रहे पनि सहमतिका लागि भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन् ।

मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिए । उनले मुलुकमा सङ्घीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनुपर्ने बताए ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेससमेत मधेशलाई स्वीकार्य गरेकामा धन्यवाद दिनुहुँदै अगामी बैठकले टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु सहमतिका लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गरे ।

त्यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिका लागि मिथिला मधेश नाम अघि सारेको भए पनि सत्तापक्ष मधेशबाहेक केही सुन्नै नचाहेकाले आजको बैठक निष्कर्षविहीन भएको बताए ।

उनले सहमतिका लागि आफूहरु सदैव तयार रहेको प्रतिक्रियासमेत दिएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : ४५ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक