पूर्व सभामुख महराको मुद्दामा आज फैसला « Khabarhub

पूर्व सभामुख महराको मुद्दामा आज फैसला


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध परेको जबर्जस्ती करणी उद्योग मुद्दाको फैसला आज आउँदैछ ।
मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएपछि उनी डिल्लिबजार कारागारमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ४९ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल