कांग्रेस नेताले मापसे गरी चलाएको कारले ठक्कर दिँदा पैदल यात्रु गम्भीर घाइते « Khabarhub

कांग्रेस नेताले मापसे गरी चलाएको कारले ठक्कर दिँदा पैदल यात्रु गम्भीर घाइते


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद गेहेन्द्र गिरीले मादक पदार्थ सेवन गरी चलाएको कारले ठक्कर दिँदा एकजना पैदल यात्रु गम्भीर घाइते भएका छन् ।

दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने स्थानमा गिरीले चलाउँदै गरेको बा २० च २२३९ नम्बरको कारले आइतबार साँझ पैदल यात्रुलाई ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार गिरीको कारले ठक्कर दिएर गम्भीर घाइते हुने पैद यात्रुमा कैलालीको धनगढी घर भइ दाङको लमही क्षेत्रमा बस्दै आएका ३५ वर्षीय रकमबहादुर विक छन् ।

घाइते विकको टाउको र घुँडामा चोट लागेको छ । लमही अस्पतालमा प्रारम्भिक उपचार पछि विकलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने कार र कारका चालक पूर्व सांसद गिरीलाई नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका क्रममा पूर्व सांसद गिरीले मदिरा सेवन गरेको भेटिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : ०३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु