कार्तिक र साराको ‘लभ आजकल’ औसत, विकेन्डको कमाइ कति ? « Khabarhub

कार्तिक र साराको ‘लभ आजकल’ औसत, विकेन्डको कमाइ कति ?


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सारा अली खान र कार्तिक आर्यनको फिल्म ‘लभ आजकाल’ ले बक्स अफिसमा खासै कमाइ गर्न सकेको छैन । प्रणय दिवसको अवसर पारेर रिलिज भएको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

इम्तियाज अलीले बनाएको यो फिल्मलाई लिएर दर्शक लामो समयदेखि प्रतीक्षारत थिए । सन् २००९ मा रिलिज भएको सैफ अली खानको ‘लभ आजकाल’ को रिमेक भएका कारण पनि यो फिल्मको चर्चा थियो ।

९० औं दशकको लभस्टोरी देखाइएको यो फिल्मले दर्शकको ध्यान तान्न सकेन । नेपालमा पनि फिल्मले आशा गरिएअनुसारको व्यापार गर्न सकेको छैन । यद्यपि मल्टिप्लेक्समा दर्शक नआए पनि पर्याप्त शो भने दिइएको छ ।

फिल्मले नकारात्मक रिभ्यु पाएको छ भने माउथ पब्लिसिटी पनि राम्रो छैन । विश्लेषक तरण आदर्शले ‘लभ आजकाल’ लाई दर्शकले रिजेक्ट गरेको बताएका छन् ।

उनका अनुसार फिल्मले पहिलो विकेन्डमा २८ करोड ५१ लाख कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन १२ करोड ४० लाख भारुको ओपनिङ गरेको थियो । त्यस्तै दोस्रो दिन ८ करोड १ लाख भारु कमाएको थियो भने आइतवार ८ करोड १० लाख भारू कमाइ गरेको छ ।

सन् २००९ मा रिलिज भएको सैफ र दीपिका पादुकोणको फिल्मले भने पहिलो विकेन्डमा २७ करोड ८६ लाख भारु कमाइ गरेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ४४ बजे

कालो धुवाँ बोकेरै ठडिएको छ पुरानो संसद् भवन, पुनर्निर्माणको छैन टुंगो, भाडासमेत तिर्न बाँकी

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव