नेपाल बंगलादेश बैंकद्वारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्टविन वितरण | Khabarhub Khabarhub

नेपाल बंगलादेश बैंकद्वारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्टविन वितरण


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाल बंगलादेश बैंकले पशुपति क्षेत्रको सरसफाइका लागि डस्टविन वितरण गरेको छ ।

बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघले संरक्षण गर्ने गरी डस्टविन हस्तान्तरण गरेको हो ।

बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको समुद्धघाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले गरेका थिए ।

कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले विश्व सम्पदासूची पशुपतिनाथ क्षेत्र वरीपरीको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए ।

विश्व सम्पदा सूची पशुपतिनाथ क्षेत्रमा बैंंकले पहिले देखिनै गर्दे आएको यस प्रकारको लगानीको सामाजिक रुपमा उच्च मूल्याङकन रहेको बताए ।

साथै, यस कार्यक्रममा बैंकको तिलगंगा शाखाको एटिएम पनि उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीहरुलाई नयाँ खाताखोले १ सय रुपैयाँ बैंकले बचत गरिदिने बताउनुका साथै बेंकको सबै सेवाबाट भरपुर फाइदा लिन आग्रह गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १ : २९ बजे

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा