१०३ दिन पछि थुनामुक्त भए पूर्वसभामुख महरा | Khabarhub Khabarhub

१०३ दिन पछि थुनामुक्त भए पूर्वसभामुख महरा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् ।

डिल्लीबजार कारागार कार्यालयले केही समय अगाडि मात्रै महरालाई थुनाबाट रिहाइ गरेको हो ।

अदालतको आदेशानुसार थुनामुक्त भएका महरालाई कारागारमै कैद सजाय भुक्तान गरिरहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला लगायतले खादा र माला लगाएर बिदाई गरे ।

कारागारबाट रिहाइ भएका महरालाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले पनि स्वागत गरेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले सोमबार महराविरुद्धको दावी नपुग्ने ठहर गर्दै सफाइको फैसला सुनाएको हो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको थियो ।

असोज १९ गते पक्राउ परेका महराले करिब ३० दिन प्रहरी हिरासतमा बिताए । त्यसबीचमा बिरामी परेको भन्दै महरा धेरै दिन अस्पतालमा पनि बसे ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेपछि भने उनी डिल्लीबजार कारागारकै थुनामा रहे । डिल्लीबजार कारागारमा उनले १०३ दिन बिताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : ३५ बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३