म्यान्चेष्टर युनाईटेडको पुनरागमन जीत, घरेलु मैदानमा चेल्सी स्तब्ध « Khabarhub

म्यान्चेष्टर युनाईटेडको पुनरागमन जीत, घरेलु मैदानमा चेल्सी स्तब्ध


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग फुटबलमा खराब लयबाट गुज्रिएको म्यान्चेष्टर युनाईटेडले पुनरागमन जीत निकालेको छ ।

युनाइटेडले आज विहान सम्पन्न खेलमा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–० गोल अन्तरको जीत निकालेको हो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे ।

खेलको ६६ औ मिनेटमा मागुईरेले हेडमार्फत युनाईटेडका लागि निर्णायक गोल गरे । घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे ।

बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भारमार्फत मान्यता दिन अस्विकार गरेका थिए ।

शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ भने जीतसँगै ३८ अंक सहित सातौ स्थानमा छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : १६ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती