कोरोना भाइरसकै संक्रमणबाट वुहान अस्पतालका निर्देशकको पनि मृत्यु « Khabarhub

कोरोना भाइरसकै संक्रमणबाट वुहान अस्पतालका निर्देशकको पनि मृत्यु


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ–कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान शहरमा रहेको अस्पतालका निर्देशक आफैं महामारीको शिकार भएका छन् ।

चीनको सरकारी टेलिभिजनका अनुसार वुहानको वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । उनको स्थानीय समयअनुसार मंगलबार साढे १० बजे कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको हो ।

उनको मृत्युको खबर सार्वजनिक हुनुअगावै चीनका सामाजिक सञ्जालमा उनको अवस्थालाई लिएर हल्लाखल्ला फैलिएको थियो । वुहान शहर रहेको हुबेई प्रान्तमा स्वास्थ्य विभाग अन्तर्गत सत्तारुढ कम्युनिस्ट पार्टीको प्रोपागाण्डा विभागले सोमबार अबेर नै लिउको मृत्यु भइसकेको जनाएको थियो ।

त्यसलगत्तै सार्वजनिक अर्को सूचनामा लिउको परिवारका अनुसार उनी जीवितै रहेको र चिकित्सकहरुले उनको उपचार गर्न सक्दो प्रयास गरिरहेको उल्लेख गरिएको थियो ।

चिनियाँ सञ्चारमाध्यमले आधिकारिक रुपमा उनको मंगलबार बिहान मात्रै मृत्यु भएको खुलासा गरेका हुन् ।

यसअघि कोरोना भाइरसबारे सर्वप्रथम जानकारी दिने नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको यही महिनाको शुरुमा कोरोना भाइरसकै कारण मृत्यु भएपछि आक्रोशसहित लाखौं मानिसले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

चीनमा हालसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १८ सय नाघिसकेको छ भने अरु हजारौं मानिस यसबाट संक्रमित छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ०१ बजे

विदेश पठाइदिने भन्दै ४९ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख

समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल

काठमाडौं – आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी

जलविद्युत् आयोजनाको मारमा किसान : ‘हरियाली वनपाखा धुलाम्य भए’ 

म्याग्दी– धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार