चितवनको भरतपुर महानगरलाई धुम्रपानरहित क्षेत्र बनाइने « Khabarhub

चितवनको भरतपुर महानगरलाई धुम्रपानरहित क्षेत्र बनाइने


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर महानगरपालिकालाई धुम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धुम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको १ दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत साता इण्डोनेशियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेकी थिइन् ।

सो कार्यक्रममा १२ देशका ४० नगरका प्रमुखको सहभागिता रहेको थियो । नेपालबाट भरतपुर महानगर प्रमुख दाहालको उपस्थिति थियो । बोगरमा भएको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याइने महानगर प्रमुख दाहालले बताइन् । उनले सूचना प्रकाशित गरी भरतपुर महानगरमा सुर्तिजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको बताइन् ।

भरतपुर महानगरपालिकाले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन गरी महानगरभित्र सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको जनाएको छ ।

प्रमुख दाहालका अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय, तथा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत निषेध गरिएको छ । होटल रेष्टुरेन्टमा तोकिएको स्थानमा मात्र धुम्रपान गर्न पाइनेछ ।

तोकिएको स्थानमा पनि अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । महानगरले लगाएको नियमविरुद्ध जाने जो कसैलाई पनि कानूनबमोजिम सजाय हुने महानगर प्रमुख दाहालको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ०२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई