पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति « Khabarhub

पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले यही फागुन ४ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति प्रदान गरेको हो ।

पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि त्यत्ति धेरै उत्साह नभइरहेको बेला पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न लागिएको हो । बोर्डले अनुमति दिए लगत्तै कम्पनीले शेयर बिक्रीका लागि आश्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता रु १०० का दरले कूल एक करोड ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड यसअघि नै नियुक्त भइसकेको छ । शेयर बिक्री अघि गरिएको रेटिङमा कम्पनीले ग्रेड २ प्राप्त गरेको छ । इक्रा नेपालले उक्त साधारण शेयरको रेटिङ गरेको हो ।

कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्री भएपछि कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । कम्पनीमा नेपाल सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी शेयर संरचना तय गरिएको छ । यस्तै बोर्डले गैर आवासीय नेपालीले प्रवद्र्धन गरेकोे ‘एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड’ लाई पनि साधारण शेयर बिक्रीको अनुमति दिइएको छ ।

बोर्डले रु १०० अंकित दरमा रु ३३ करोड ९८ लाख चार हजार ६०० बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर बिक्री गर्ने अनुमति दिइएको छ । जलविद्युत् एवं पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ गैरआवासीय नेपाली सङ्घले एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी स्थापना गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ०० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट