स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित « Khabarhub

स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।

आगामी फागुन १४ गते तोकिएको स्ववियुको निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित गर्ने सूचना आएको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको हो ।

स्ववियू निर्वाचनका लागि विद्यार्थी संगठन एकमत हुन नसकेपछि स्ववियू चुनाव स्थगित गर्नुपरेको निर्देशनालयको भनाइ छ ।

सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकमा स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आबद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले छलफल नै नगरी त्रिविले स्ववियू निर्वाचनको मिति तोकेको भन्दै असहमति जनाएको थियो ।

नेविसंघले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न समेत माग गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ४८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज