आर्थिक समृद्धिको पहिलो आधार कृषि : उपराष्ट्रपति पुन « Khabarhub

आर्थिक समृद्धिको पहिलो आधार कृषि : उपराष्ट्रपति पुन


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि रहेको जनाएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको पहिलो आधार कृषि भएको बताए ।

उनले आधुनिक प्रविधिद्वारा मात्र कृषिको विकास हुने बताए । “आधुनिक प्रविधिद्वारा कृषिको विकास जरुरी छ । आधुनिक उत्पादन तथा औद्योगिक क्रान्ति गरेर मात्रै नेपालको समृद्धि सम्भव छ”, उनले भने । “पहिला यहाँको उत्पादन बाहिर जान्थ्यो, अहिले बाहिरको वस्तु आउने गरेको छ । अर्बौं पैसा बाहिर जाने गरेको छ । गाउँमा बाँझो जमिन बढ्दै गएको छ । अब यो समस्या समाधान गर्न समग्र कृषिको आधुनिकीकरण गर्न जरुरी छ”, उपराष्ट्रपति पुनको भनाइ छ ।

कृषिलाई पहिलो प्राथमिकतामा पारेर अगाडि बढ्न सके समृद्धिको आधार थप बलियो हुने उनको भनाइ छ । विषादिरहित उत्पादन प्राथमिकतामा रहनुपर्ने भन्दै उपराष्ट्रपति पुनले विषादिरहित खाद्यान्न र तरकारी उत्पादन गरेर नमूना बन्न कर्णाली प्रदेशलाई सुझाव दिए । कर्णाली प्रदेशबाट जैविक कृषिको आधार तयारको अभियान शुरु भएको भन्दै उनले जैविक कर्णाली प्रदेश कृषिमा नमूना प्रदेश बन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ३० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर