मबाट गल्ती भएको छैन, घटनाको कारण पछि खोल्छु : कृष्णबहादुर महरा « Khabarhub

मबाट गल्ती भएको छैन, घटनाको कारण पछि खोल्छु : कृष्णबहादुर महरा


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराले आफू जेल पर्नुको कारण पछि भन्ने बताएका छन् । उनले आफूमाथि भएका षडयन्त्र विस्तारै खोल्दै जाने बताए ।

इमेज टेलिभिजनसँग कुराकानी गर्दै महराले एमसीसी अनुमोदनको प्रस्ताव संसदमा टेवुल गर्न भने आफैले नदिएको पनि दाबी गरे ।

उनले भने, ‘एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गर्‍यो हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु । यो कुरा पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भन्ने गर्नुभएको छ ।’

महराले एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको तर एमसीसीको विषयमा एक फरक ढंगले हल गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए । उनले आफू सहकार्य खोज्ने मान्छे भन्दै यसभित्रका डिटेल कुरा पछि खोल्ने पनि महराले बताए ।

महराले अदालतले सुनाएको फैसला सही भएको जिकिर गर्दै आफूबाट कुनै गल्ति नभएको बताए ।

उनले आफू पुर्पक्षका लागि जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझ्ने मौका पाएको बताए । उनले भने, ‘राज्यलाई फरक रुपमा अझ राम्रोगरि बुझ्ने मौका पाएँ ।’

जेल परेको समयमा ठूला नेतासँग आफूले नभेटेको तर १० हजारभन्दा बढी कार्यकर्ता र शुभेच्छुक, समर्थकहरुले भेटेको पनि महराले सुनाए ।

आफ्नो नैतिकतामाथि प्रश्न उठेपछि सभामुखबाट आफ्नै खुसीले राजीनामा दिएको भन्दै महराले आफू सांसद नै रहेको बताएका छन् । आफूबारेका फैलिएका हल्लाका बारेमा पछि खुलासा गर्ने पनि महराले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : ५१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर