‘ईश्वरले प्रार्थाना सुनेका कारण हाम्रो मुलुकमा कोरोना भाइरस आएको छैन’ « Khabarhub

‘ईश्वरले प्रार्थाना सुनेका कारण हाम्रो मुलुकमा कोरोना भाइरस आएको छैन’


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– चीनबाट शुरु भएको कोरोना भइरसको महामारीले विश्व आक्रान्त छ । हालसम्म सयौंले ज्यान गुमाइसकेका छन् ।

अरु दशौं हजार संक्रमित छन् । चीनबाहेक जापान, थाइल्याण्ड, मलेशिया, भियतनाम, अस्टे«लिया, फिलिपिन्स लगायतका मुलुकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रायः सबै छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेपनि दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा भने हालसम्म कोरोनाभाइरसको कुनै संक्रमण पुष्टि भइसकेको छैन ।

उच्च जोखिमका बावजुद २६ करोड जनसङ्ख्या रहेको इण्डोनेशिया भने कोरोना भाइरसको महामारीबाट सुरक्षित देखिन्छ । यद्यपि विश्व स्वास्थ्य संगठनले इण्डोनेशिया यसको ठूलो जोखिममा रहेको जनाएको छ ।

आखिर किन इण्डोनेशिया कोरोना भाइरसको महामारीबाट जोगियो त ? त्यहाँका स्वास्थ्यमन्त्रीसँग भने यसको जवाफ छ । स्वास्थ्यमन्त्री टेरावान अगुस पुत्रान्तोका अनुसार ईश्वरलाई गरिएको प्रार्थानाका कारण इण्डोनेशिया प्राणघातक कोरोना भाइरसको महामारीबाट जोगिएको हो ।

‘हामीले ईश्वरप्रति आभार हुनुपर्छ ।’ यसअघि सैनिक चिकित्सिक र रेडियोलोजी विशेषज्ञका रुपमा काम गरेका पुत्रान्तोले भने, ‘हाम्रो प्रार्थानाका कारण यस्तो भएको हो । हामी इण्डोनेशियामा यस्तो होस् भन्ने चाहदैनौं ।’

इण्डोनेशियाले मुलुकमा कोरोना भाइरस महामारी नियन्त्रण गर्न स्वास्थ्य परीक्षणलाई चुस्त बनाएको छ भने चीनबाट र चीनतर्फ हुने सबै उडान स्थगित गरिसकेको छ । यसअघि बर्डफ्लू र इबोलाको महामारी फैलिँदा इण्डोनेशियाले अपनाएको सतर्कतालाई लिएर विश्वभर आलोचना भएको थियो ।

एक दशकभन्दा धेरैअघि एचवानएनवान भाइरसको महामारी फैलिँदा इण्डोनेशियामा २ सयभन्दा धेरैको ज्यान गएको थियो ।

हालसम्म इण्डोनेशिया ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भनी परीक्षण गरिएकोमा कसैमा पनि यसको पुष्टि भइसकेको छैन ।

त्यस्तै, महामारीग्रस्त वुहान शहरबाट २३८ जना आफ्ना नागरिकलाई इण्डोनेशियाले उद्धार गरी नाटुना बेसार टापुमा दुई सातासम्म क्वारेन्टाइनका लागि राखेको थियो । तीमध्ये कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थिएन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : १६ बजे

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन