भारतले राम्रो व्यवहार गरेन, मोदी चाहिँ मनपर्छ : ट्रम्प « Khabarhub

भारतले राम्रो व्यवहार गरेन, मोदी चाहिँ मनपर्छ : ट्रम्प


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले आफूसँग राम्रो व्यवहार नगरेको बताएका छन् ।

क्यालिफोनियाका लागि उड्नुअघि पत्रकारहरुसँग ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भारतले आफूसँग राम्रो व्यवहार नगरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने आफूलाई मनपर्ने जनाएका छन् ।

राष्ट्रपति ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन् । यस भ्रमणका बेला अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता हुनसक्ने आँकलन गरिएपनि ट्रम्पले त्यसको सम्भावना तत्काल नरहेको स्पष्ट पारेका छन् ।

‘भारसँग हाम्रो व्यापार सम्झौता हुनसक्छ तर त्यो पछिको कुरा हो ।’ ट्रम्पले भने, ‘हामी भारतसँग धेरै ठूलो व्यापार सम्झौता चाहन्छौं, तर चुनावअघि व्यापार सम्झौता होला नहोला भन्ने मलाई थाहा छैन ।’ अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतीय चुनाव हुँदैछ ।

‘भारतले राम्रो व्यवहार गरेको छैन तर मलाई प्रधानमन्त्री मोदी धेरै नै मन पर्छ’ ट्रम्पको भनाइ छ ।

यसअघि गतवर्षमात्र अमेरिकाले विकसोन्मुख मुलुकहरुलाई दिँदै आएको व्यापारिक सहायता कार्यक्रमबाट भारतलाई अलग गरेको थियो । ट्रम्प र मोदीको भेटवार्ताका क्रममा दुई मुलुकबीच नयाँ व्यापारिक सम्झौता हुनसक्ने बताइएपनि अन्तिम समयमा आएर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरले भारत भ्रमण रद्द गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै