जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भयो : लोहनी « Khabarhub

जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भयो : लोहनी


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनताको सम्पतिमाथि खेलवाड भएकोले जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

देशमा विकसित बेथिती, भष्टाचार र राज्यसत्ताको लुटलाई इंगित गर्दै अध्यक्ष लोहनीले जनताको भूमिका टड्कारो भएको बताएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले भनेका छन्, प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहीत हुन्छ ।

‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर शासनमा बस्नेहरूले काम गर्नु पर्ने हो तथापि जनताको साधन श्रोत र सम्पतिमाथि खेलवाड भएको छ । त्यसैले त्यसको विरुद्धमा जनता आफै उत्रनु पर्छ भन्ने चिन्तन आजको आवश्यकता भएको हो,’ सन्देशमा उनले भनेका छन् ।

फागुन ७ गतेले अगाडि बढ्न आम नेपालीलाई प्रेरणा दिनेछ भन्दै लोहनीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई थप सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

‘ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले फागुन ७ गते राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो,’ लोहनीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘२००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अथक शक्तिबाट राणा शासन पराजित भएर प्रजातन्त्र स्थापना भएको दिन हो ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : ४४ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी