चीनद्वारा ‘वालस्ट्रिट जर्नल’का तीन पत्रकारलाई देश निकाला « Khabarhub

चीनद्वारा ‘वालस्ट्रिट जर्नल’का तीन पत्रकारलाई देश निकाला


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा रहेर अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका लागि काम गर्दै आएका तीन पत्रकारलाई देश निकाला गरिएको छ ।

चीनले उनीहरुले पत्रिकामा लेखेको स्तम्भ ‘रंगभेदी’ भएको आरोप लगाउँदै देश निकाला गरेको हो । देश निकाला गरिएका तीनै जनालाई पाँच दिनभित्र चीन छाड्न उर्दी समेत जारी गरिएको छ ।

दुई अमेरिकी नागरिकहरु व्यूरो उपप्रमुख जोन चिन र चाओ देङ तथा अष्ट्रेलियन नागरिक फिलिप वेनलाई देश निकाला गरिएको हो ।  यसबारे पत्रिकाले कुनै टिप्पणी गरिसकेको छैन ।

पत्रिकामा गत ३ फेब्रुअरी महिनामा प्रकाशित एक लेखमा चीनले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि चालेका कदमको आलोचना गर्दै लेख स्तम्भ प्रकाशित गरिएको थियो ।

चिनियाँ विदेशमन्त्रालयले पत्रिकालाई माफी माग्न पटक पटक आग्रह गर्दा पनि नटेरेका कारण पत्रकारलाई देश निकाला गर्नुपरेको दलिल दिएको छ ।

पत्रिकाले आफ्ना पत्रकारलाई देश छाड्नका लागि चीनले ५ दिनको समयसीमा दिएको जनाएको छ । यद्यपि उक्त स्तम्भ ती पत्रकारले नलेखेको पत्रिकाले स्पष्ट पारेको छ ।

उक्त स्तम्भमा महामारीविरुद्ध चिनियाँ प्रशासनको कदम गोप्य र ‘आत्म केन्द्रित रहेको भन्दै चीनप्रति विश्वको भरोसा ‘डगमगाएको’ लेखिएको थियो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ शुआङले उक्त स्तम्भ ‘रंगभेदी’ रहेको तथा यसले महामारीविरुद्ध चीनको कदमको निन्दा गरेका कारण उनीहरुलाई देश निकाला गरिएको जनाएका छन् ।

‘चीनविरुद्ध आक्रमक एवं रंगभेदी भएको र चिनियाँ जनताले यस्तो सामग्री प्रकाशन गर्ने मिडियालाई स्वागत गर्दैनन् ।’ गेङले भने ।

दुई दशकमा वैधानिक रुपमा चीनमा पत्रकारिता गरिरहेका पत्रकारलाई देशनिकाला गरिएको यो पहिलो घटना रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : ४९ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका