सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा « Khabarhub

सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त गरेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त गरेको बताएका हुन् ।

सञ्चारमन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनाको ठेक्का स्वीकृतिका लागि स्वीस कम्पनीका प्रतिनिधिसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले उनको राजीनामा माग गरेको थियो ।

कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै बिहीबार संसद बैठक अवरुद्ध पारेको थियो । कांग्रेसले बैठक अवरुद्ध पारेपछि सभामुख सापकोटाले आगामी बैठक फागुन १३ गते (मंगलबार) दिनको १ बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ३ : १५ बजे

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को

सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं– पूर्वअर्थमन्त्री रामेश्वर खनालले कोभिड–१९ पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा