दुई लाख घुससहित प्राविधिक पक्राउ | Khabarhub Khabarhub

दुई लाख घुससहित प्राविधिक पक्राउ


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका एक प्राविधिकलाई दुई लाख रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई बिहिबार साँझ भेरीगङ्गाकै मदानेचौरबाट रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले निर्माण सम्पन्न भइसकेको झोलुङ्गे पुलको काम गरेवापत खानेपानी प्राविधिक केसीले घुस मागेको खुल्न आएको जानकारी दिए ।

अख्तियारको टोलीले घटनास्थल मुचुल्कापछि प्राविधिक केसीमाथि अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : २२ बजे

महोत्तरीमा ६० प्रतिशत धान रोपाइँ

महोत्तरी– महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ ।

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा

निर्देशक र लेखकको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किए ‘राजु मास्टर’

काठमाडौं – कलाकार राजु पौडेल ‘राजु मास्टर’ लेखन र निर्देशनको

बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना

अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा तीजको तयारी, राजनराज शिवाकोटीले नेपाली समुदायलाई नचाउने

सिड्नी, अस्ट्रेलिया- अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा बसोबास गर्ने नेपाली समुदायले हरितालिका