बुल्भ्सले जीत हात पार्दा, युनाइटेडले अंक बाड्यो | Khabarhub Khabarhub

बुल्भ्सले जीत हात पार्दा, युनाइटेडले अंक बाड्यो


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा बुल्भ्सले स्पानियोलमाथि फराकिलो जीत हात पारेको छ ।

बिहिबार राति भएको खेलमा वुल्भ्सले स्पेनिस क्लब स्पानियोललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

डिओगो जोटाको ह्याट्रिक र रुबेन नेभेसले एक गोल गर्दा घरेलु मैदानमा बुल्भ्सले स्पानियोलमाथि शानदार जीत हात पारेको हो ।

जीतसँगै वुल्भ्स युरोपा लिगको अन्तिम १६ नजिक पुगेको छ । अब दुई टोलीबीचको दोस्रो लेग स्पानियोलको मैदानमा हुनेछ ।

बिहीबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रुगाससँग बराबरी खेलेको छ । युनाइटेड र ब्रुगासले १–१ गोल बराबरी खेलेका हुन् ।

खेलको १५ औं मिनेटमा बु्रगासले इमानुएल डेनिसको गोलमा अग्रता बनाएको थियो भने युनाइटेडका लागि एन्थोनि मार्सलले पहिलो गोल फर्काउँदै खेल बराबरी गरेका थिए । पछि युनाइटेडले गोल थप्न नसक्दा अंक बाडेको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १० : ०७ बजे

सरकारले असोज १ गते राष्ट्रिय शोकमा सार्वजनिक बिदा दिने 

काठमाडौं– सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल