बुल्भ्सले जीत हात पार्दा, युनाइटेडले अंक बाड्यो « Khabarhub

बुल्भ्सले जीत हात पार्दा, युनाइटेडले अंक बाड्यो


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपा लिग फुटबलको अन्तिम ३२ को पहिलो लेगमा बुल्भ्सले स्पानियोलमाथि फराकिलो जीत हात पारेको छ ।

बिहिबार राति भएको खेलमा वुल्भ्सले स्पेनिस क्लब स्पानियोललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

डिओगो जोटाको ह्याट्रिक र रुबेन नेभेसले एक गोल गर्दा घरेलु मैदानमा बुल्भ्सले स्पानियोलमाथि शानदार जीत हात पारेको हो ।

जीतसँगै वुल्भ्स युरोपा लिगको अन्तिम १६ नजिक पुगेको छ । अब दुई टोलीबीचको दोस्रो लेग स्पानियोलको मैदानमा हुनेछ ।

बिहीबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रुगाससँग बराबरी खेलेको छ । युनाइटेड र ब्रुगासले १–१ गोल बराबरी खेलेका हुन् ।

खेलको १५ औं मिनेटमा बु्रगासले इमानुएल डेनिसको गोलमा अग्रता बनाएको थियो भने युनाइटेडका लागि एन्थोनि मार्सलले पहिलो गोल फर्काउँदै खेल बराबरी गरेका थिए । पछि युनाइटेडले गोल थप्न नसक्दा अंक बाडेको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १० : ०७ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती