ओलीले अचानक प्रचण्डलाई किन बोलाए बालुवाटार « Khabarhub

ओलीले अचानक प्रचण्डलाई किन बोलाए बालुवाटार


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन् ।

ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । प्रचण्डका अनुसार यो छलफल पूर्वनिर्धारित थिएन ।

अध्यक्षसँगको भेटघाटका लागि आफू बालुवाटार जान लागेको प्रचण्डले बताए ।

‘विकसित घट्नाक्रमका विषयमा म अहिले बालुवाटार जाँदैछु । यो कार्यक्रम थिएन । तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने ।

विहीवारमात्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।

त्यसअघि हिजै विहान अध्यक्षद्वयबीच छलफल भएको थियो ।

आजै एमसीसी अध्ययन कार्यदलले समेत प्रतिवेदन बुझाउने भएपछि अध्यक्षद्वय छलफलमा जुटेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : १५ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले