ट्रम्पलाई फेरि जिताउन रुसले हस्तक्षेप गर्ने आशंका « Khabarhub

ट्रम्पलाई फेरि जिताउन रुसले हस्तक्षेप गर्ने आशंका


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– ट्रम्पलाई राष्ट्रपतिमा फेरि जिताउन रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्नसक्ने अमेरिकी गुप्तचर निकायका अधिकारीले जनाएका छन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको गुप्तचर समितिमा भएको सुनुवाईमा अमेरिकी गुप्तचर निकायका अधिकारीले यस्तो बताएका हुन् ।

गत साता भएको सुनुवाईका क्रममा गुप्तचर अधिकारीले यस्तो बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सुनुवाईका क्रममा राष्ट्रपति ट्रम्प समर्थक हाउस रिप्रेजेन्टेटिभहरुले चर्को आपत्ती जनाएको न्यू योर्क टाइम्स पत्रिकाले लेखेको छ ।

पत्रिकाका अनुसार उनीहरुले राष्ट्रपति ट्रम्प रुसप्रति कठोर रुपमा प्रस्तुत भएको जिकिर गर्दै उनको कार्यकालमा युरोपेली मुलुकहरुसँगको सुरक्षा एवं रणनीतिक सम्बन्ध बलियो भएको दाबी गरेका थिए ।

यसअघि सन् २०१६ मा भएको निर्वाचनमा पनि रुसले हस्तक्षेप गरी ट्रम्पलाई जिताएको आरोप लागेको थियो । यद्यपि यस विषयमा अनुसन्धान गरेका अमेरिकी न्याय विभागका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनमा ट्रम्प र रुसबीच साँठगाँठ रहेको भनी अभियोग लगाइहाल्न मिल्ने प्रमाण फेला नपरेको उल्लेख थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ४ : २२ बजे

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा