महाशिवरात्रीमा हराएका २ सय ३३ जनालाई आफन्तको जिम्मा लगाइयो « Khabarhub

महाशिवरात्रीमा हराएका २ सय ३३ जनालाई आफन्तको जिम्मा लगाइयो


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २ सय ३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ ।

शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

हराएका भक्तजनको सुरक्षा एवं विविध मानवीयसेवा पु¥याउने उद्देश्यले सामुदायिक सेवा केन्द्र चावहिललगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरिएको थियो । फेला परेकामा आठ जना बालबालिकासमेत छन् ।

उक्त पोष्ट तथा कक्षमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकद्वारा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको प्रहरीले जनाएको छ । विगतमा भिडमा आफन्त हराएको गुनासो बढेकाले यसपाली व्यवस्थित रुपमा खोजखबर कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ५ सय भन्दा बढी सुरक्षाकर्मी खटाएकाले अप्रिय घटना भने हुन नपाएको जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १० : १५ बजे

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई