लेवान्डोस्कीको निर्णायक गोलमा बार्यन म्युनिखको जीत « Khabarhub

लेवान्डोस्कीको निर्णायक गोलमा बार्यन म्युनिखको जीत


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेशलिगामा बार्यन म्युनिखले पाडेरबोर्नलाई ३ – २ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा लेवान्डोस्कीको निर्णायक गोलमा बार्यनले पाडेरबोर्नलाई ३–२ गोल अन्तरले हराएको हो ।

खेलको २५ औं मिनेटमा सर्ज गेनाबरीको गोलमा घरेलु टोली बार्यनले सुरुवाती अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम समयमा बार्यनका गोलकिपर म्यानुयल नोयरको गल्तीको फाईदा उठाउँदै पाहुना टोलीका डेनिस श्रीबेनले बराबरी गोल फर्काएका थिए ।

लेवान्डोस्कीले ७० औ मिनेटमा बार्यनलाई पुन अग्रता दिलाए । त्यसको ५ मिनेटपछि पाहुना टोलीका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई जीत दिलाए । जीतसंगै शीर्ष स्थानको बार्यनले ४९ अंक जोडेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : ५७ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न