शिवरात्रीमा सजाइएका पशुपतिका फूल रातारात गायब « Khabarhub

शिवरात्रीमा सजाइएका पशुपतिका फूल रातारात गायब


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ ।

बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार पशुपतिनाथलाई फूलैफूलले सजाउन करिव दुई करोड रुपैयाँ खर्चिएको थियो ।

कोषका सदस्य सचिव ढकालले भने ‘बाँदर पुग्ने ठाउँका फूल सुरक्षित छन् तर धर्मका लागि मन्दिर पुगेका मानिस देखादेखि फूल बोकेर जान्छन् । मन्दिर पुगेर घर फर्किने उनिहरुको संस्कार कस्तो ।’

सजावटका लागि ल्याइएका फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

फूल हाक्काहाक्की मानिसहरुले बोकेर हिडेपनि नियन्त्रण गर्न नसकिएको सदस्य सचिव ढकालले बताएका छन् ।

‘धर्म कमाउन आएका मानिसहरु नै मन्दिरको सामान बोकेर हिँडेपछि सामान खोज्न के प्रहरी लगाउँनु, यो त संस्कारको पनि कुरा भयो नी ‘ सदस्य सचिव ढकालले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : २९ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक