रोनाल्डोको आज १ हजार औं खेल | Khabarhub Khabarhub

रोनाल्डोको आज १ हजार औं खेल


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन । शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् ।

एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ ।  क्रिस्टियानो रोनाल्डो १ हजार खेल खेल्ने त्यस्ता भाग्यमानी खेलाडी हुन् जो आफैं संसारमा उत्कृष्ट खेलाडीको चर्चामा समेत रहिरहे। 

समकालीन फूटबलरमा रोनाल्डो र मेस्सीको तुलना हरप्रहर झै भइरह्यो । दुबैको कीर्तिमानी झण्डै झण्डै उस्तै छ । तर गोल संख्या र खेल संख्याका आधारमा मेस्सीभन्दा रोनाल्डो अघि छन् ।

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति हुने खेलमा युभेन्टसका रोनाल्डोले जीवनको महत्वपूर्ण खेल खेल्न लागेका हुन् ।शनिबार राति युभेन्टसले एसपिएएलसँग प्रतिस्पर्धा गर्दैछ ।

पोर्चुगलका रोनाल्डोले अहिलेसम्म क्लब फुटबलमा ८३५ तथा राष्ट्रिय टिमबाट १६४ खेल खेलेका छन् । उनले अहिलेसम्म समग्रमा ७२४ गोल गरेका छन् ।

रियल मड्रिडका लागि सबैभन्दा बढी ४५० गोल गरेका उनले म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि ९९, युभेन्टसका लागि ५२ तथा स्पोर्टिङ्गका लागि पाँच गोल गरेका छन् ।

पाँच पटक बालोन डी ओर अवार्ड जितेका रोनाल्डोको खेल जीवनको सुरुवात लिस्बोनको क्लब स्पोर्टिङ्गबाट भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : ३७ बजे

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक