पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने | Khabarhub Khabarhub

पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ ।

मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक/दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।

तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ ।

अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । यो अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । काठमाडौँसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताइन ।

पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ । सबैभन्दा धेरै डडेलधुरामा ५१ दशमलव नौ र दिपायलमा ४७ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौँमा छ दशमलव चार मिलिमिटर वर्षा भएको छ । वीरेन्द्रनगरमा १२, दाङमा ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : ४५ बजे

जनताले पटकपटक गरेको क्रान्तिको महत्त्वपूर्ण उपलब्धि संविधान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले

एसिया कप : श्रीलंकासँग अफगानिस्तान पराजित हुँदा बंगलादेश सुपर फोरमा

काठमाडौं – गएराति भएको खेलमा श्रीलंकासँग पराजित भएसँगै अफगानिस्तान एसिया

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक  : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

खोटाङ– राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा