नेपाल बार एशोसिएन चुनावः यस्ता छन् अध्यक्ष प्रत्यासीका प्रतिवद्धता « Khabarhub

नेपाल बार एशोसिएन चुनावः यस्ता छन् अध्यक्ष प्रत्यासीका प्रतिवद्धता


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएनका अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन ।

सोमबार संचार केन्द्र, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्षका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता श्रेष्ठ र अर्का प्रत्यासी अभिवक्ता पोखरेलले आ–आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल बार एशोसिएसनको केन्द्रीय कार्य समितिको नेतृत्व चयनका लागि आगामी चैत्र १६ गते काठमाडौंमा निर्वाचन हुँदैछ । सोही निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल लयर्स एशोसिएशन (एनएलए) बाट अध्यक्षका उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठले आफू अध्यक्ष निर्वाचित भए बारलाई निष्पक्ष न्याय सम्पादन गर्ने थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले न्यायालयलाई सक्षम बनाएर जनपक्षीय न्याय सम्पादन गर्न आफूले बारको अध्यक्षमा उम्मेदवार दिएको पनि बताए । अध्यक्षका अर्का प्रत्यासी पोखरेलले न्यायालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । काँग्र्रेस निकट डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)का तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले बारलाई कानून व्यवसायीहरुको प्राज्ञिक संगठनको रुपमा विकास गर्न क्रियाशील हुने पनि बताए ।

नेपाल बार एशोसिएशनको विधानमा २५ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरिएको छ । निर्वाचनमा एनएलएबाट महासचिवमा सुरेन्द्रबहादुर थापा र डिएलएबाट लिलामणि पौडेलले उम्मेदवारी दिएका छन् । केन्द्रीय समितिमा एक जना अध्यक्ष, एक महासचिव, एक जना कोषाध्याक्ष, प्रदेशका १÷१ जनासहित ८ जना उपाध्यक्ष तथा १४ सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ५७ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट