क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी « Khabarhub

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ ।

क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सात करोड २९ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि विगत तीन महिनाको अवस्था हेर्दा असुली रकम न्यून छ ।

कार्यालयले मङ्सिरमा ५८ लाख लक्ष्य राखेकामा रु ४७ लाख, पुसमा रु ५६ लाख राखेकामा रु ३८ लाख र माघमा रु ५४ लाख लक्ष्य राखेकामा रु ३७ लाख मात्र राजश्व सङ्कलन गरेको छ ।

यस क्षेत्रमा आयात गर्ने सामग्री घरायसी प्रयोजनको हुने भएकाले न्यून हुँदै गएको उहाँ बताउनुहुन्छ । “क्वारेन्टाइन भइदिएको भए पशुजन्य वस्तुको पनि आयात बढ्ने थियो । दैनिक उपभोग्य वस्तुको यहाँ धेरै माग छ तर क्वारेन्टाइन नभएकै कारण ल्याउँदा सीमित मात्रामा ल्याउनुपर्ने यहाँका व्यापारीको बाध्यता छ ।”

कार्यालय प्रमुख ढकाल भन्छन्, ‘क्वारेन्टाइन नहुँदा स्थानीय बासिन्दा पनि विवाह, भोज, पूजा आदिका नाममा सामान ओसार्ने गर्दछन् । यिनलाई कडाइ गर्न पनि सकिएको छैन । राजश्व सङ्कलनमा पनि घाटा भएको छ ।’

यहाँ रहेको क्वारेन्टाइन जाँचचौकी सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको हो । सो कार्यालय पुनःस्थापना गर्न यहाँका नागरिकले माग गर्दै आएका छन् ।

क्वारेन्टाइनको जाँचका लागि भौतिक संरचनाको अभाव छैन । कर्मचारी र जाँचका लागि उपकरण नहुँदा समस्या हटाउन पशुपक्षी विकास मन्त्रालयमा माग गरेको उनले बताए ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आफूहरुले प्रदेश र केन्द्र सरकारका साथै पशुपक्षी विकास मन्त्रालयमा यस भन्सारलाई प्राथमिकतामा पार्न अनुरोधसहित माग पेश गरेको जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : २४ बजे

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग