आठौँ राष्ट्रिय खेलकुद चैतमै, मिति मन्त्रिपरिषद्ले तोक्ने « Khabarhub

आठौँ राष्ट्रिय खेलकुद चैतमै, मिति मन्त्रिपरिषद्ले तोक्ने


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैतभित्र हुने बताएका छन् । नेपालगञ्जमा सोमबार ‘मिडिया सेन्टर’को उद्घाटन गर्दै सदस्य सचिव विष्टले भने–“आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता चैत भित्रै हुन्छ, हाम्रो दृढसङ्कल्प छ ।”

यही चैत २५ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने आन्तरिक तयारीका साथ कार्यकारी समितिले प्रस्ताव पास गरेको उनले जानकारी दिए । आउँदो चैत ८ गते बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम मिति तय गर्ने विष्टले जानकारी दिए ।

“राष्ट्रिय खेलकूद प्रतियोगिता दुई–दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि चैतभित्र गर्नु जरुरी छ”, उनले भने, “विसं २०७६ मा लैजाने भन्नु बेथिति बसाल्नु हो, हामी खेलकूदमा थिति बसाल्न लागि परेका छौँ ।” आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न सदस्य सचिव विष्टले आग्रह गरे।

आठौँ राष्ट्रिय खेलकूद २०७५ सालभित्र गर्ने नेपाल सरकार, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्का कर्मचारी र खेलाडीको चाहना रहेको उनले उल्लेख गरे ।

जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामार्फत गरिएको खेलाडी छनोटमा रु २५ करोड खर्च भइसकेको विष्टले जानकारी दिए । नेपालगञ्जमा चैतमा अत्यधिक गर्मी हुने भएकाले अधिकांश खेल साँझ र बिहानमा खेलाइने तयारी गरिएको उनले बताए ।

प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भौतिक पूर्वाधार निर्माणकै कारण प्रतियोगिता रोक्नुपर्ने बताए । उनका अनुसार ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै