आयोडिनको महत्वबारे जानकारी दिन ‘आयोडिन मन्थ’ « Khabarhub

आयोडिनको महत्वबारे जानकारी दिन ‘आयोडिन मन्थ’


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आयोडिनको महत्वबारे जनचेतना जगाउन फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइरहिएको छ ।

युनिभर्सल साल्ट आयोडाइजेसन (युएसआई)को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ।

आयोडिनको कमीले हुने विकृतिसम्बन्धी जनचेतना जगाउन साल्ट ट्रेडिङ्ग कर्पोरेसनले विभिन्न कार्यक्रम गर्दै आयोडिन महिना मनाउने जनाएको छ। फेब्रुअरी महिनलाई आयोडिन महिनाका रुपमा मनाउने क्रममा कर्पोरेसनले आयोडिनको कमीबाट शरीरमा हुने कमजोरीबारे जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने छ।

आयोडिनयुक्त नुनको प्रर्वद्धन र यसको कमीबाट हुने शारीरिक कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले एक महिनाभर सचेतनामूलक कार्यक्रम गरि रहेको साल्ट् टेडिगं कर्पोरेसन चतवनका प्रमुख बुद्धि बिनोद दाहालले जानकारी दिए ।

एक स्वस्थ्य व्यक्तिलाई दैनिक औषत १ सय ५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने उहाको भनाइ छ । सरकारले आयोडिन बाट हुने असर न्युनिकरण गर्न एक महिनाभरी प्रचार प्रसारका कार्यक्रम गर्ने उदेश्य सहित फेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउदै आएको उनको भनाइ छ ।

कार्यक्रमहरुमा कर्पोरेसनले जनस्वास्थ्यसँग सम्बन्धित निकायहरुका साथै, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायसँग समन्वय गरी कार्यक्रमहरु गर्ने छ। पाँच वर्ष मुनिका ९४.५ प्रतिशत बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने गरेको पाइएको छ।

आयोडिन सबैलाई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पोषक तत्व भएको र वयस्कलाई भन्दा शिशुलाई बढी मात्रामा आयोडिन चाहिने दाहालको भनाई छ । आयोडिनको सेवनले शरीरको छाला, नङ र कपाललाई स्वस्थ राख्नका साथै आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर बाहिर निकाल्ने र हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट पनि पार्ने भएकाले आयोडिनको सेवन गर्न आवस्यक रहेको दाहालको भनाई छ ।

आयोडिनको कमिहुदा थाइराइड ग्रन्थिमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष–परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको सम्भावना हने बताईएको छ । महिलालाई अन्य समयभन्दा गर्भावस्थामा बढी मात्रामा आयोडिनको आवश्यकता पर्छ। गर्भावस्थामा आयोडिनको कमी भएमा भुर्णको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने चिकित्सकहरु बताउछन् ।

आमा गर्भवती हुदाँ आयोडिनको कमी भएमा रक्तचाप बढ्ने, बच्चाको शारीरिक र मानसिक विकास उचित रुपमा नहुने र बच्चा लुलो लंगडो हुने आदि समस्याहरु देखिन सक्ने बालबालिकाहरुमा बोल्ने, हिड्ने, पढ्ने, सिक्ने आदि कलाहरु राम्रोसंग विकसित नहुने समस्या देखिने छ । आयोडिनको कमीले गर्दा थाइराइड हर्मोन आवश्यता अनुसार उत्पादन नहने र त्यसले बृति र बिकासमा असर गर्ने बताईएको छ ।

आयोडिनको कमीबाट आलाश्य हुने, कमजोर हुने भोक नलाग्ने जाडो बढी हुने तौल बढ्ने शरिर सुन्निने छाला खस्रो हुने कपाल झर्ने कव्जियत हुने आँखा धमिलो हुने महिलाहरुमा महिनावारी र बाँझोपनको समस्या थाईराइड तथा अन्य विभिन्न भागको क्यान्सर हुने बताईएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : ५७ बजे

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत