महावीर पुनको आविष्कार केन्द्रलाई जेम्स स्कूलद्वारा सहयोग « Khabarhub

महावीर पुनको आविष्कार केन्द्रलाई जेम्स स्कूलद्वारा सहयोग


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमक–८ स्थित झापा मोडल अङ्ग्रेजी बोर्डिङ स्कुल (जेम्स) ले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु ५१ हजार आर्थिक सहयोग गरेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको हातामा सञ्चालित सो केन्द्रलाई विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउन सहयोग पुगोस् भन्दै स्कुलले सो सहयोग प्रदान गरेको प्रिन्सिपल सागर श्रेष्ठले बताए ।

विद्यालयको एक टोली आज केन्द्रको कार्यालयमा पुगेर सो सहयोग हस्तान्तरण गरेको हो ।

विद्यार्थी, शिक्षक र स्कुल सञ्चालकबाट सङ्कलित सो सहयोग रकम केन्द्रका संस्थापक पुनलाई विद्यार्थीको हातबाट हस्तान्तरण गरिएको स्कुलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बताए ।

कार्यक्रमका अवसरमा आविष्कारक पुनसँग विद्यार्थीले विज्ञान र प्रविधिका बारेमा अन्तरक्रिया समेत गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : २८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका