टी - ट्वान्टी सिरिज : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित | Khabarhub Khabarhub

टी – ट्वान्टी सिरिज : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु टिम दक्षिण अफ्रिकाले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै तीन खेलको श्रृंखलामा १ – १ को बराबरी गरेको छ ।

पोर्ट एलिजावेथमा आइतबार राति दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभिड वार्नरले अविजित ६७ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै स्टिभ स्मिथले २९ रन जोड्दा कप्तान आरोन फिन्च र एलेक्स केरीले समान १४/१४ रन बनाए । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भान डेर डुसेनले ३७ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए ।

पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले जितेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ७ : ०१ बजे

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम