मध्यरातमा २० लाखको चोरी | Khabarhub Khabarhub

मध्यरातमा २० लाखको चोरी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा मध्यराति २० लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ ।

भारतसँग सीमा जोडिएको सो गाउँका ६ वटा भन्दा बढी घरमा गएराती चोरी भएको हो ।

मध्यरातमा आएका चोरहरुले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

नगद, गरगहना, भाडाकुँडा, मोबाइल लगायतका धनमाल चोरी भएको जनाइएको छ ।

बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे जानकारी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले चोरीमा संलग्नको खोजी सुरु गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : ३७ बजे

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने