महोत्तरीमा छाडा चौपायाको बिगबिगी « Khabarhub

महोत्तरीमा छाडा चौपायाको बिगबिगी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ ।

उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर खेदाउँदा सडक क्षेत्रमा नै छाडा चौपायाको बिगबिगी बढेको हो ।

जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटिमा सडक ढाकेर गाईबस्तु देखिनु यहाँ कुनै नौलो नभएको सर्वसाधारण बताउँछन् ।

‘बजार, चोकतिर हिँडडुल गर्न डरमर्दो भएको छ’, जलेश्वर नगरको मुख्य बजार क्षेत्र शङ्करचोककी रामरती साहले भनिन्, ‘तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।’

जलेश्वर, बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहितका नगर बजार क्षेत्रमा गाई र साँढे दर्जनौँ सङ्ख्यामा चरणका लागि भन्दै छाडिदै आएको छ ।

छाडा पशुले फोहर बढाएको सर्वसाधारणको गुनासो छ । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको छ।

खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०/६० को सङ्ख्यामा आँगन/आँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ ।

छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक (जलेश्वरनाथ महादेव मन्दिर रहेको चोक) नजिककी बासिन्दा कल्पना ढकाल बताउँछिन् ।

व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसी रहँदा ससाना सवारी साधन चलाउन र पैदलयात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।

‘खै कसैले ध्यान दिँदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?’ भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवीले भनिन् ‘नगरपालिकाका हाकिमले ध्यान दिनुहुन्न ।’

जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताएका छन् ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले यसलाई नियन्त्रण गर्न निश्चित कार्य विधि नै बनाइने तयारी गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : ५२ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ