महोत्तरीमा छाडा चौपायाको बिगबिगी | Khabarhub Khabarhub

महोत्तरीमा छाडा चौपायाको बिगबिगी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा चौपायाको जगजगी बढेको छ । यसले ट्रफिक समस्या र फोहरसमेत थपिएको छ ।

उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार तथा चोकतिर खेदाउँदा सडक क्षेत्रमा नै छाडा चौपायाको बिगबिगी बढेको हो ।

जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटिमा सडक ढाकेर गाईबस्तु देखिनु यहाँ कुनै नौलो नभएको सर्वसाधारण बताउँछन् ।

‘बजार, चोकतिर हिँडडुल गर्न डरमर्दो भएको छ’, जलेश्वर नगरको मुख्य बजार क्षेत्र शङ्करचोककी रामरती साहले भनिन्, ‘तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।’

जलेश्वर, बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहितका नगर बजार क्षेत्रमा गाई र साँढे दर्जनौँ सङ्ख्यामा चरणका लागि भन्दै छाडिदै आएको छ ।

छाडा पशुले फोहर बढाएको सर्वसाधारणको गुनासो छ । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको छ।

खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०/६० को सङ्ख्यामा आँगन/आँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ ।

छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक (जलेश्वरनाथ महादेव मन्दिर रहेको चोक) नजिककी बासिन्दा कल्पना ढकाल बताउँछिन् ।

व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसी रहँदा ससाना सवारी साधन चलाउन र पैदलयात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।

‘खै कसैले ध्यान दिँदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?’ भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवीले भनिन् ‘नगरपालिकाका हाकिमले ध्यान दिनुहुन्न ।’

जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताएका छन् ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले यसलाई नियन्त्रण गर्न निश्चित कार्य विधि नै बनाइने तयारी गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : ५२ बजे

नदी सफा राख्न काठमाडौंमा पानी प्रशोधन प्रणाली जडान 

काठमाडौं– काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किने फोहर पानी प्रशोधन

‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनस्थित बहुचर्चित गौतम बुद्ध क्रिकेट

दृढताको साथ अघि बढ्न सरकारलाई सांसद गिरीको सुझाव

काठमाडौं– नेपाली कांग्रेसका सांसद दीपक गिरीले कहीँपनि नअल्मलिएर दृढताका साथ अघि

सडकबाट जान सम्भव नभएपछि बालुवाटारबाटै बनेपाको छायाङ्कनस्थल शिलान्यास

काठमाडौं- बनेपा नगरपालिका–१० भैँसेपाटीमा निर्माण थाल्न लागिएको अत्याधुनिक चलचित्र छायाङ्कनस्थल

सांसद विष्टको सुझाव- बजेट अनुशासन कायम गर्नुहोस् 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकर्णराज विष्टले मुलुकको आर्थिक