मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा पदबाट राजीनामा « Khabarhub

मलेसियाका प्रधानमन्त्री महाथिरद्वारा पदबाट राजीनामा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हुन् ।

स्थानीय समायानुसार उनले सोमबार दिउँसो १ बजेतिर राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

मलेसियाको प्रधानमन्त्री कार्यालयले महाथिरले राजीनामा दिएको पृष्टि गरेको छ । महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएका जनाइएको छ ।

सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका महाथिर पछिल्लो समय सन् २०१८ मा पुनः प्रधानमन्त्री बनेका थिए । चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिरले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

तर, पछिल्लो समयको प्रधानमन्त्री कालमा उनले पार्टी भित्रैबाट विभिन्न चरणका विवादको सामाना गर्नुप¥यो ।

९४ वर्षीय महाथिरको पछिल्लो समय प्रधानमन्त्रीका अर्का आकांक्षी ७२ वर्षी अनवर इब्राहिमसँग राजनीतिक द्वन्द्व शुरु भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ४० बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१