इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ जनाको मृत्यु « Khabarhub

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ जनाको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम – गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ ।

युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई हमला गरेको हो ।

आगामी मार्च २ तारिखमा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकू विरुद्ध कडा कारबाही थालेको हो । सेनाले जारी गरेको वक्तव्यमा इजरायली वायु सेनाले गाजादेखि सिरियाली राजधानी दमास्कस नजिकसम्म पुगेर आक्रमण गरिएको उल्लेख छ ।

इस्लामिक जिहादी समूहले हमाससँग मिलेर इजरायल विरुद्ध सन् २००८ यता तीन पटक युद्ध लडिसकेको छ । यो समूह गाजापट्टी र सिरियामा सक्रिय छ ।

सिरियाली राष्ट्रपति बसार अल–असादसँग निकट सम्बन्ध रहेको यस समूहले इजरायली आक्रमणमा आफ्ना दुई लडाकूको मृत्यु भएको पुष्टी गरेको छ ।

सन् २०११ मा सिरिया द्वन्द्व शुरु भएयता मात्र सिरियामा इजरायलले सयौं पटक हवाई आक्रमण गरिसकेको छ । यी आक्रमणहरु मुख्य रुपमा सिरियाली सेनाका साथै इरान समर्थित लडाकू विरुद्ध लक्षित रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  २ : ३३ बजे

विश्व क्यान्सर दिवस : समयमै पहिचान र उपचार नै जीवन रक्षा

भद्रपुर– झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१