गाई संरक्षण तथा धर्माश्रम निर्माण सहयोगार्थ महायज्ञ | Khabarhub Khabarhub

गाई संरक्षण तथा धर्माश्रम निर्माण सहयोगार्थ महायज्ञ


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको रामपुर नगरपालिकामा छाडा छाडिएका गाई संरक्षण तथा धर्माश्रम निर्माण सहयोगार्थ श्रीमद्भागत नवाह ज्ञान महायज्ञ शुरु भएको छ ।

रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा निर्माण भएको गौशाला परिसरमा आज आयोजना गरिएको महायज्ञको उद्घाटन गर्दै नगरप्रमुख रमणबहादुर थापाले राष्ट्रिय जनावरको रुपमा रहेको गाई हाम्रो राष्ट्रियता, सभ्यता र धर्मसँग जोडिएकाले यसको रक्षा गर्नु आवश्यक रहेको बताए ।

उनले आगामी आर्थिक वर्षमा रु २५ लाख रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । गौशाला निर्माणको विकास र धर्मशाला निर्माण गरी यो क्षेत्रलाई धार्मिक नगरीका रुपमा चिनाउन आर्थिक सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको नगर प्रमुख थापाले बताए ।

आउँदो फागुन २० गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ अवधीभर रु पाँच करोड दान सङ्कलन गर्ने लक्ष्य रहेको छ । रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी दुई करोड रकम गौशालाको दिगो विकासका लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

दूध दिन छाडेका गाईलाई संरक्षण गर्न र यो क्षेत्र कालीगण्डकीको आडैमा रहेकाले धार्मिक नगरीका रुपमा रामपुरलाई विकास गरी धार्मिक पर्यटन विस्तार गर्न महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष तथा नगरप्रवक्ता हुमनाथ न्यौपानेले बताए । गौशालाको थप पूर्वाधार, धर्माश्रम निर्माण गरी अपाङ्गमैत्री र १०० जना अन्य व्यक्ति अट्ने खालको सुविधा सम्पन्न धर्मशाला बनाउने योजना छ ।

यज्ञमा गङ्गा आरती, गौदान, ब्रतवन्धको समेत व्यवस्था गरिएको छ । उद्घाटन हुनुपूर्व बिहान ११ बजेदेखि शोभा कलश यात्रा निकालिएको थियो । गाईलाई अघि लगाएर शुरु गरिएको यात्रामा महिला समूह, क्लब, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

गौशाला निर्माण गर्न रामपुर नगरपालिकाले आव २०७४/७५ मा रु २० लाख र आव २०७६/७७ मा रु २० लाख रकम विनियोजन गरी निर्माण कार्य थालनी गरिएको हो । करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम भएको छ । गौशालामा करिब ६० वटा गाई रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : ५३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र