सरकारी जग्गा व्यक्तिको नाममा पार्न भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ | Khabarhub Khabarhub

सरकारी जग्गा व्यक्तिको नाममा पार्न भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी मालपोत कार्यालय बाँकेबाट हाल हुलाक कार्यालय बाँकेमा सरुवा हुनुभएका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । उनीहरु जग्गा कीर्तेमा मात्र नभई शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको आशङ्का देखिएकाले केही दिनभित्रै सबै तथ्य बाहिर आउने उनले बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ११ : ०० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर