इंग्लिस प्रियिमर लिग फुटबल : लिभरपुलको कीर्तिमानी जित « Khabarhub

इंग्लिस प्रियिमर लिग फुटबल : लिभरपुलको कीर्तिमानी जित


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले कीर्तिमानी जित निकालेको छ ।

वेस्ट ह्यामबिरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।

सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो ।

लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ ।

लिग तालिकामा सुविधाजनक अग्रता लिएको लिभरपुलले सोमबार राति संघर्षपूर्ण जित निकालेको थियो । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३–२ गोल अन्तरको जित  हासिल गरेको हो ।

जितसंगै लिभरपुललाई प्रियिमर लिगको ऐतिहासिक उपाधि जित्न अब मात्र ४ जित आवश्यक देखिएको छ ।

जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा एनफिल्ड क्लब लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसंगै वेस्ट ह्याम २-१ को स्थितिमा पुगेको थियो ।  ६८ औं मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । खेलको ८१ औ मिनेटमा साडियो मानेले निर्णायक गोल गर्दै लिभरपुलको जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ११ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने