एउटा झोलुङ्गे पुलबाट ७ सय ४३ घरधुरी लाभान्वित « Khabarhub

एउटा झोलुङ्गे पुलबाट ७ सय ४३ घरधुरी लाभान्वित


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धापुङ– म्याग्दीको मङ्गला गाउँपालिका–४ धापुङ जुगेपानीस्थित न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ५९ दशमलव ७५ मिटर लामो पुलबाट गाउँपालिकाको ३ र ४ नम्बर वडाका ७ सय ४३ घरधुरीका ३ हजार ७ सय १८ जनसङ्ख्या लाभान्वित भएको वडाध्यक्ष ओमबहादुर रोकाले जानकारी दिए ।

झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक सहयोगमा गाउँपालिकाले उपभोक्ता समितिमार्फत पुल निर्माण गरेको हो । कूल रु ३३ लाख ५९ हजार ६०९ लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । गाउँपालिकाले रु दुई लाख एक हजार ९६ अनुदान र उपभोक्ताको रु ६७ हजार ३२ बराबरको श्रमदान रहेको पुल निर्माणमा टिबीएसयुले थप रकम र निर्माण सामग्री उपलब्ध गराएको थियो ।

लठ्ठा र बुलडग ग्रिप्समा २ लाख २५ हजार ८ सय २८, स्थानीय निर्माण सामग्री र मजदुरको ज्यालामा  १६ लाख १५ हजार ८२०, ग्याबिन तार, फलामे सामग्री, छड, सिमेन्ट, स्टिल पार्टस्, स्टिल डेग र सामान ढुवानीमा १० लाख ५ सय ६६, गैरसरकारी संस्थाको सेवा शूल्कमा २ लाख ३ हजार ७६ र कामदारको दुर्घटना बीमामा  ३८ हजार १ सय ८८ खर्च भएको छ ।

यही २०७६ जेठ १९ गते गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०७७ असार ३० गतेसम्म पुल निर्माण सक्ने सम्झौतामा उल्लेख थियो । उपभोक्ता समितिको सक्रियताले लक्ष्यभन्दा पाँच महिनाअघि नै पुल निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

पुल बनेपछि विशेषगरी बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको र सुरक्षित यात्रा गर्न पाएको स्थानीयवासी दलबहादुर पुनले बताए । धापुङ, महेशगाउँ, खर्क, दहलगायत बस्तीका बासिन्दालाई सुविधा पुगेको छ ।

न्यूखोलासँगै गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा १०४ मिटर लामो अर्को झोलुङ्गे पुल निर्माण भएको छ । ४७ लाख ८८ हजार ४६० लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट कोक्रवाङ, भाइवाङ, र्‍यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १ सय ४३ घरधुरीका ८ सय ५८ जनसङ्ख्या लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ११ : २९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ