नेपालको व्यापारमा सकारात्मक संकेत, ७ महिनामा ५.३३ प्रतिशतले कम भयो व्यापार घाटा « Khabarhub

नेपालको व्यापारमा सकारात्मक संकेत, ७ महिनामा ५.३३ प्रतिशतले कम भयो व्यापार घाटा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्म नेपालको व्यापार सुधारतर्फ गएको पाइएको छ । चालु आर्थिक वर्षका ७ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । सात महिनामा नेपालको व्यापार घाटा ५.३३ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु आयात ३.५६ प्रतिशतले घटेको छ ।
सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष को सोही अवधिमा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

आर्थिक वर्षको सुरुदेखि नै बढेको निर्यात माघ महिनासम्म पनि बढिरहेको थियो । सात महिनामा निर्यात २२.४१ प्रतिशतले बढेको छ । सात महिनाको अवधिमा नेपालले गत वर्षको सोही अवधिको तुलनामा झन्डै १२ अर्ब बढीको वस्तु निर्यात गरेको छ ।

७ महिनको अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको विगागले जनाएको छ । गत वर्ष सोही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । तर पुस महिनाको तुलनामा भने माघमा निर्यात घटेको छ । पुसमा निर्यात २६ दशमलव १३ प्रतिशतले बढेको थियो ।

विशेषगरी भारतले नेपालबाट पाम आयल लैजान प्रतिबन्ध लगाएपछि नेपालको समग्र निर्यात घटेको हो । पुसदेखि माघसम्म पाम आयल निर्यात नै भएको छैन । यस्तै आयातको दर पनि बढेको छ । पुस महिनासम्म आयात दर ४ .०४ प्रतिशतले घटेकोमा माघ महिनामा यो ३.५६ प्रतिशतले मात्रै घटेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : २२ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन