दिल्ली हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु « Khabarhub

दिल्ली हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीमा भएको हिंसामा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १५० जनाभन्दा धेरै घाइते भएका छन् ।

मारिनेमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबल (हवल्दार) समेत छन् । विवादास्पद विधेयकको विरोधमा दिल्लीको उत्तरपूर्वी जिल्लामा हिंसा मच्चिएको जनाइएको छ । मारिने एवं घाइते हुनेमध्ये केहीको शरिरमा देसी कट्टा भनिने घरेलु बन्दुकको घाउ रहेको प्रहरीले जनाएको छ । त्यसबाहेक प्रहरीले दिल्लीका विभिन्न ८ स्थानमा आगजनीको घटना भएको जनाएको छ ।

विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

हिंसाग्रस्त इलाकामा विद्यालय तथा रेलसेवा बन्द गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

हालै दिल्लीको मुख्यमन्त्रीमा पुन निर्वाचित भएका अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : १७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका