युरोपमा दुई जुनियर इन्टरनेशनल च्याम्पियनसिप खेल्दै प्रिन्स दाहाल « Khabarhub

युरोपमा दुई जुनियर इन्टरनेशनल च्याम्पियनसिप खेल्दै प्रिन्स दाहाल


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले युरोपमा दुई जुनियर इन्टरनेशनल च्याम्पियनसिप खेल्ने भएका छन् । त्यसका लागि प्रिन्ससहित तीन सदस्यीय टोली मंगलबार युरोप प्रस्थान गरेको छ ।

प्रिन्सले नेदरयाण्ड्समा ‘डच जुनियर इन्टरनेशनल २०२०’ र जर्मनीको ‘जुनियर इन्टरनेशनल २०२०’ गरी दुई सिरिज खेल्नेछन् ।
युरोप जाने टोलीमा प्रिन्स र कमलेस निरौलासँगै नेपाली टिम म्यानेजरमा सुवास श्रेष्ठ पनि छन् ।

उनले सुरुमा नेदरल्याण्डमा खेल्नेछन् । नेदरल्याणड्समा योनेस्क डच जुनियर इन्टरनेशनल यही फेब्रुअरी २६ देखि मार्च १ सम्म हुनेछ । त्यसपछि जर्मनीमा हुने सिरिजका लागि प्रिन्स जर्मनी जानेछन् ।

जर्मन सिरिज मार्च ३ देखि ८ सम्म हुनेछ । प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को जुनियर वरियतामा ११औं स्थानमा छन् ।

शीर्ष ११ औंस्थानमा रहेकै कारण उनले विश्वस्तरिय दुई प्रतियोगिता खेल्न पाएको प्रशिक्षक तथा प्रिन्सका मामा निरौलाले बताए ।
प्रिन्सले यसअघि दुबई जुनियर इन्टनेशन सिरिजमा स्वर्ण जितेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : २५ बजे

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको