बिहेका लागि मेहन्दीमा सजिइन् प्रिय‍ंका (फोटो फिचर) « Khabarhub

बिहेका लागि मेहन्दीमा सजिइन् प्रिय‍ंका (फोटो फिचर)


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले बिहे गर्दैछन् । लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानको बिहेको खबरले फिल्म जगतमा स्थान पाउँदै आएको थियो ।

यो जोडीले शुक्रवार बिहे गर्नेछ । बिहेका लागि नायिका प्रियंका कार्की मेहन्दीमा सजिएकी छिन् । उनले आफ्ना साथीहरुसँगका तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

प्रियंका र आयुष्मानको बिहेका लागि राजधानीमा एक रिसोर्ट बूक गरिएको छ । रिसोर्टलाई प्रियंका र आयुष्मानमय बनाइएको छ । तीन दिनका लागि बूक गरिएको रिसोर्टमा ह्यासट्याग आयंका लेखिएको छ ।

मंगलवार मेहन्दी र संगीतको कार्यक्रम राखिएको थियो । प्रियंकाले आयुष्मानको नामको मेहन्दी लगाइन् भने आयुष्मानले पनि प्रियंकाको नामको मेहन्दी लगाएका थिए ।

गतवर्ष इङ्गेजमेन्ट गरेको यो जोडीले असारमा बिहे गर्ने चर्चा थियो । तर, परिवारको समय नमिलेको भन्दै बिहेको मिति टर्दै आएको थियो ।

फिल्म वृत्तमा यी दुईको बिहे नहुने गसिप पनि चल्दै आएको थियो । शुक्रवारदेखि भने प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिदैछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : १३ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा