‘सालको पात टपरी’ का संगीतकार भन्छन् – रवि ओडलाई गीत सिकेर गाउन भनेको हुँ « Khabarhub

‘सालको पात टपरी’ का संगीतकार भन्छन् – रवि ओडलाई गीत सिकेर गाउन भनेको हुँ


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय ‘सालको पात टपरी’ ले लोकपारखीलाई मात्र होइन, अरु गीत सुन्ने स्रोताको ध्यान पनि उत्तिकै तानेको छ । स्टेज कार्यक्रमदेखि, बिहेको माहोलमा यही गीत बजिरहेको हुन्छ । गीतबाट गायिका विष्णु माझी, कुलेन्द्र विश्वकर्माको मात्र चर्चा नभएर संगीतकार बसन्त थापाको पनि उत्तिकै चर्चा भइरहेको छ ।

अहिले बसन्त थापा किन पनि चर्चामा छन् भने उनले ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडले आफ्नो गीत बिगारेर गाएको अभिव्यक्ति दिए । अभिव्यक्तिपछि ओडका फ्यानले विरोध गरिरहेका छन् थापालाई । सर्जक बसन्त थापा भने आफूले ओडले गीत गाएकाले विरोध नगरेको तर लोकगीतको मर्म नमर्ने गरी गाउन आग्रह गरेको बताए ।

खबरहबसँगको कुराकानीमा उनले भने, ‘पहिलो कुरा त नेपाल आइडलका विजेताले प्रतिलिपि अधिकारको बारेमा आफै बुझ्नुपर्ने हो, मैले गीत गाएकोमा आपत्ति जनाएको हैन, गीत सिकेर गाउन मेरो अनुरोध मात्र हो ।’

उनले लोकगीतको आफ्नै ‘मर्यादा’ हुने भएकाले अरु गायकलाई पनि गीत सिकेर मात्र गाउन आग्रह समेत गरे । आफ्नो गीतलाई अरु गायकले बिगारेर गाउन नहुने समेत उनले बताए ।

‘मैले त गीत नबिगारी गाउन मात्र अनुरोध गरेको हुँ, उहाँका फ्यानहरुले मलाई गाली गर्नुभएको छ, तर यसले फरक पर्दैन, यो उहाँहरुको सोच हो’, थापाले दुखेसो पोखे ।

पछिल्लो समय यो गीत लोकगीतको बजारमा तरंग ल्याउने गरी हिट भएको छ । यो गीतमा संगीत बसन्त थापाको छ भने शब्द नवराज पन्तका छन् । गीतलाई ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडले अस्ट्रेलियाको एक स्टेज कार्यक्रममा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको