यति समूहका सदस्य शेर्पासहित चार जना लागुऔषधसहित पक्राउ « Khabarhub

यति समूहका सदस्य शेर्पासहित चार जना लागुऔषधसहित पक्राउ


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा नवाङ पासाङ शेर्पासहित चार जना लागुऔषधसहित पक्राउ परेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको शेर्पा परिवारका सदस्य नवाङ पक्राउ परेको विषय प्रहरीले गोप्य राखेको थियो। गत माघ १८ गते प्रहरीले नवाङसहित चार जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा शेर्पासहित राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरुलाई काठमाडौं महानगरपालिका–१५, भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट  पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले १०० मिलिग्राम खैरो हेरोइन, १० ट्याबलेट नाइट्रोजन, ६ पिस डाइजेपाम, नोफिन २ पिस, फेनगोजान ३९ पिस र १२ थान सिरिन्ज समेत बरामद गरेको थियो ।

पक्राउ परेका शेर्पाबाहेक तीन बुधबार जिल्ला अदालतमा बयान भएको छ।  प्रहरीले गोप्य राखेको मुद्दा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश विदुर कोइरालाको इजलासमा भएको थियो।

अन्य ३ जनाको बयान सकिए पनि शेर्पाको बयान बिहीबार हुने र त्यसपछि थुनछेक आदेश हुने छ ।

नवाङ यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा समेत मुछिएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ५२ बजे

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा